चलचित्र ‘हुर्रे’को आइटम गीत सार्वजनिक भएको छ । दोस्रो गीत स्वरूप आइतबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । पशुपति बोलको उक्त गीतमा नायिका निता ढुंगानाले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा झुमा लिम्बु र कालीप्रसाद बास्कोटाको स्वर रहेको छ भने गीतमा कालीप्रसादले सङ्गीत भरेका छन्। गीतमा कालीप्रसाद र एकतारेको शब्द रहेको छ। निता ढुंगाना, राजाराम पौडेल, विजय बराल र अंकित खड्का फिचर भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ।
यम थापाको कथारपटकथारसंवाद र निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, अंकित खड्का, राजाराम पौडेल, संगीता निपात, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। दावा शेर्पा (सेट्टी), सोनम लामा बोल्न, छिरिङ दोर्जे लामाको लगानी रहेको चलचित्र फागुन २५ गतेबाट रिलिज हुनेछ।