शुक्रवारबाट उपत्यकामा प्रदर्शन भएको चलचित्र ‘पिँजडा ब्याक अगेन’ले पहिलो दुई दिनको कमाई सार्वजनिक गरेको छ । निर्माण पक्षले दाबी गरेको अनुसार चलचित्रले पहिलो दुई दिनमा ६६ लाखको कमाई गरेको छ । चलचित्रले शुक्रवार राजधानीमा १२ लाख र शनिवार २६ लाखको बिजनेस गरेको वितरक गोपाल कायस्थले जानकारी दिए । मल्टिप्लेक्समा सो नपाएको चलचित्रले राजधानीको सिंगल थिएटरमा हाउसफुल दर्शक पाएको छ । दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा शिर्पाली दर्शकबाट घेरिएका थिए ।
यस्तै मोफसलबाट दुई दिनमा २८ लाखको बिजनेस गरेको बताइएको छ ।  एक्सनको साथै पारिवारिक कथामा निर्माण भएको चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् । श्रीराम बरालको प्रस्तुतिमा तयार चलचित्र गोविन्द गैरे र रोहित पुरी निर्मातामा छन् । सौरभ लामाको छायाङ्कन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा निखिल र सारासँगै सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदिप दाहाल, कुशाग्र भट्टराई, पुकार भट्टराई, सुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।