नेपाली चलचित्र क्षेत्रमा सानी र राम्री नायिकाको रूपमा निता ढुंगाना परिचित छिन् । बाल कलाकार हुँदै नायिकाको रूपमा आफूलाई परिचत गराएकी नितालाई नायिकाको रूपमा ‘नोटबुक’ले चिनाएको थियो । यी सुन्दर नायिका आफ्नो परिहनमा भने निकै ध्यान दिने गर्छिन् । कुनै सामान्य कार्यक्रममा पनि पहिरनको विषयमा सचेत रहने निता आइतबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा कालो गाउनमा पुगेकी थिइन् । चिसो मौसनमा जिउ नछोप्ने गाउनमा पुगेकी नितालाई राम्रीसँगै बोल्ड देखिएकी थिइन् । हेर्नुस् तस्बिर :-
तस्बिर- भिमल दाेर्जे लामा