निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले निर्माण गर्ने लागेको चलचित्रको नाम तय गरिएको छ । निर्माण पक्षले बताए अनुसार चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । चलचित्रको कथा अनुरूपनै रामकहानी राखिएको निर्मात्री रहेकी नायिका पूजाले बताइन् । चलचित्र कमेडी लभ स्टोरी रहेको निर्माण पक्षले बताए । नायकको खोजी भइरहेको चलचित्रमा पूजाको साथै केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।
प्री-प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाङ्कन माघको अन्तिम साताबाट सुरु हुने बताइएको छ । चलचित्र अउदो वर्ष २०७५को भदौ २२ मा हुने बताएको छ।
यस चलचित्रको लागी नै पूजा र सुदर्शनले माग्ने बुढा र जितु नेपाललाई १० लाख र ७ लाख पारिश्रमिक दिएका थिए । जुन विषयले मिडियामा राम्रै स्थान पाएको थियो ।