बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘वेल्कम टु न्यूवोर्क’को ट्रेलर सार्वजनिक भएको छ । हालै मात्र चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो l कमेडी बिषयवस्तुमा आधारित वेल्कम टु न्यूवोर्क पूजा इन्टरटेन्मेन्ट द्वारा निर्मित चलचित्र हो l सोनाक्षी सिन्हासँगै चलचित्रमा करण जोहर, दिलजीत दोसांझ, राणा दुग्गुबती, रितेश देशमुख, लारा दत्ता , बोमन ईरानी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ l चक्री टोलेटीको निर्देशन रहेको चलचित्र फेब्रअरी २३ को प्रदर्शनमा आउने बताइएको छ l