चलचित्र ‘फेरी–फेरी’को निर्माण घोषणा गरिएको छ । मङ्गलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणासँगै शुभमुर्हत गरिएको हो । चलचित्रमा अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापा मुख्य भूमिकामा देखिने भएका छन् । हाँस्यप्रदान चलचित्र रहेको फेरी फेरीको कथा र निर्देशन पाटो पुरन थापाले हेरेका छन् । माता बसुन्धरा मुभिज प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निरज थापा निर्माताको रूपमा रहेका छन्। चलचित्रमा अर्पण र ऋचाको साथमा लय संग्रौला, ओम प्रतीक गुरुङ, पुरन थापा, ध्रुव कोइराला, एलिना बास्कोटा, रश्मि पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा सुरेश बज्रचार्यको छायाङ्कन, रामजी लामिछाने र सुरेन बसेलको कोरियोग्राफी, विकास चौधरी र पुरन थापाको सङ्गीत रहने छ। सुदिप कुवर मुख्य सहायक निर्देशक रहने चलचित्रमा निरज थापा सहायक निर्देशकको रूपमा रहेका छन्। चलचित्रमा रामचन्द्र काफ्ले, टिका प्रसाई, रनक बस्नेत र एनी श्रेष्ठको अवाज रहनेछ।