यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’मा कलाकारहरू मेनुका प्रधान, कर्म शाक्य र रबिन्द्र झा मुख्य भूमिका छन् । आर राजवंशीको निर्देशनमा बनेको चलचित्रमा एक अवकाश प्राप्त भएको आर्मीको कथालाई उठाइएको छ । चलचित्रमा अभिनेता सुनिल थापा ‘शेर बहादुर’को भूमिकामा देखिएका छन् । निर्माण पक्षको अनुसार शेरबहादुर हलिउड चलचित्रबाट प्रभावित हो । चलचित्रमा अभिनेत्री मेनुका प्रधानले रिसाहा केटीको भूमिका निर्वाह गरेको बताइन् । ‘यस चलचित्रमा अलि फरक भूमिकामा देखिएको छु । रिसाहासँगै एउटा लक्ष्य प्राप्तिको लागी सङ्घर्ष गरेको युवतीको भूमिका छ ’ । यता कलाकार रविन्द्र झा ‘शेरबाहदुर’ आफ्नो जीवनको यादगार चलचित्र रहेको बताए । ‘मैले यस चलचित्रबाट धेरै कुरा सिक्ने मौका पाए । स्टन्टहरु गर्दा जिउ भरि घाउ हुन्थ्यो । हामी सबै कलाकार मिलेर आफ्नो तर्फबाट राम्रो बनाउने कोसिस गरेका छौ । ’
मेनुका, कर्म र रविन्द्र झासँग गरिएको रमाइलो कुराकानी :-