अभिनेत्री स्वेता खड्काको निर्माण एबं अभिनय रहेको प्रतिक्षित चलचित्र 'कान्छी'को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेल​र​ सार्वजनिक गरिएको हो । यसअघि सार्बजनिक दुई गीतले झैँ ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ ।

आकाश अधिकारी निर्देशित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी ल​गाय​त​को फिल्म​मा मुख्य​ भुमिका र​हेको छ ​। चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्रफी बसन्त श्रेष्ठको र​ एक्शन​ हिमाल​ केसीको रहेको छ​ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 'कान्छी'को प्रर्दशन मिती भने फागुन ४ गतेलाई तय गरिएको छ ।