चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको गीत ‘सुर्के थैली खै’ले नेपाली सङ्गीत जगतमा करोड क्लबको खाता खोलेको थियो । रिलिज भएको वर्ष दिन पश्चात् यो गीतले युट्युबमा करोड दर्शक कमाएको थियो । पहिलो पटक करोड भ्युज् पाएको कारण पनि होला नेपाली चलचित्र जगतमा एकप्रकारको तंरगनै पैदा गरेको थियो । तर पछिल्लो समय नेपाली चलचित्रको लागी करोड क्लब सामान्य बन्दै गइरहेको छ ।

 

सातामा एक या त्यो भन्दा बढी गीतहरू करोड क्लबमा प्रवेश गर्ने थालेको छन् । यो साता चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश भएको ‘किन आजकाल’ र ‘फाटेको जुत्ता’को ‘आइ एम सरी’बोलको गीतले एक करोड भ्युज पाएको छ ।

नेपालको युट्युब इतिहासमा हेर्ने हो भने अहिले सम्म सर्वार्धिक भ्युज् गएको गीत ‘कुटुमा कुटु’ हो । चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको यो गीतले चलचित्र रिलिज अगावैनै एक करोड भ्युज् पाएको थियो । हाल सम्म कुटुमा कुटुलाई ४ करोड ५० लाख माथिले हेरिसकेका छन् । यता चलचित्र ‘छक्का पञ्जा’को गीत ‘पूर्व पश्चिम रेल’ले पनि २ करोड बढी भ्युज् पाएको छ ।