नायिका स्वस्तिमा खड्का नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘होस्टेल रिर्टन्स्’बाट चलचित्रमा डेव्यु गरेकी यी नायिका यही वर्ष चलचित्र ‘छक्का पञ्जा २’मा मुख्य भूमिकामा देखिएकी थिइन् । युवा पुस्तामा चर्चामा रहेकी स्वस्तिमालाई ‘२ रुपैयाँ’मा रहेको ‘कुटुमा कुटु’ गीतले अझ बढी चर्चामा ल्याएको थियो । यति बेला उनी निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माले निर्माण तथा निर्देशन गर्नलागेको ‘अनटाइटल’ चलचित्रमा अनुबन्धित भएकी छिन् ।
चलचित्रमा उनीसँगै अभिनेता खगेन्द्र लामिछाने र सौगात मल्ल मुख्य भूमिकामा देखिने भएका छन् । बाहिरिएको खबर अनुसार यो चलचित्रमा सुरुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो । तर चलचित्रको कथावस्तु अनुसार गाउँले भेषभुषामा देखिनु पर्ने भएकाले साम्राज्ञीले काम गर्ने अस्वीकार गरेकी थिइन् । त्यसैकारण निर्माण पक्षले साम्राज्ञीको विकल्पको रूपमा स्वस्तिमालाई लिएको हो । चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । अर्को वर्षको दसैँमा प्रदर्शन हुने चलचित्र कहिलेबाट फ्लोरमा जाने हो त्यो भने खुलाइएको छैन ।