चलचित्र ‘गरुड पुराण’को निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रलाई सुशन प्रजापति र सुवास कोइरालाले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् । यसै साताबाट छायाङ्कन सुरु हुने चलचित्रमा कर्म, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, वसन्त भट्ट, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहने छ । अजित फिल्म्स ब्यानरमा निर्माण हुने चलचित्रमा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । कमेडी बेसमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशन सुशन स्वयंमले खिच्ने द्धन् । 
 

चलचित्रमा कसम नेपालको कथा तथा आकाश बराल , विनोद खतिवडा , सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्रजापति निर्माता रहेको चलचित्रका सह-निर्माता अशोक गौतम रहेका छन् । चलचित्रको सम्पादन उज्वल ढकालले गर्नेछन् । चलचित्रको छायाङ्कन काठमाडौँ तथा आसपासका क्षेत्रमा हुनेछ ।