चलचित्र ‘पञ्चेबाजा’ ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । समाजको यथार्थता बोल्ने मौलिक कथामा निर्माण भएको चलचित्रमा अभिनेता सौगात मल्ल, कर्म शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फागुन ११ गते प्रदर्शन हुन लागेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको कथा रहेको चलचित्रलाई राजेश शाहीले लगानी गरेका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको सङ्गीत रहेको छ ।