लोकल सिनेमाको पहिलो प्रस्तुति ‘कथा ७२’ को टिजर सार्वजनिक गरिएको छ । २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ टिजरसँगै फस्ट लुक पनि  सार्वजनिक सार्वजनिक गरिएको छ ।  प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रलाईलोकल सिनेमा प्रा.लिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो । आउँदो वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्रा्ष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् । 
 

‘कथा ७२’ को १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोक प्रसिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरू समेटिएका छन् । चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् ।