चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शत्रु गते’को डबिङ कार्य सुरु भएको छ । मल्टिमेट प्रोडक्सनमा चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार डबिङ सकाएका छन् । मदनकृष्णसंगै किरण केसीले पनि आफ्नो केहि सिनको डबिङ सकाएका छन् । यस अघि नै पल शाहले आफ्नो ७० प्रतिशत डबिङ सकाईसकेका छन् । तस्तै दीपाश्री निरौलाले पनि आफ्नो डबिङ सकाईसकेका छन् । आँचल शर्मा , प्रियंका कार्की , शिव हरि पौडेल र दीपकराज गिरीले क्रमस आफ्नो डबिङ सकाउनेछन् । पहिलो सार्वजनिक गीत रुपै मोहनी मार्फत हाइप क्रिएट गरिरहेको चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रका कार्यकारी निर्माता किरण केसी हुन् । 

 

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलकारको अभिनय रहेको छ । चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत रहेको छ ।