थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार बेलुका साढे सात बजे ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध चलचित्रका कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य चलचित्रमा मुख्य भूमिकामा देखिएका छन् । साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको चलचित्रमा सत्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ । वरिष्ठ पत्रकार युवराज घिमिरेको समेत केमियो भूमिका रहेको चलचित्रमा जर्नलिज्म ड्रामाको रूपमा समेत लिन सकिन्छ । नेपाल पत्रकार महासङ्घ, अन्तराष्ट्रि पत्रकार सङ्घ (आइएफजे)ले केही वर्षपहिले मधेसलाई पत्रकारको लागि असुरक्षित र जोखिम क्षेत्रको रूपमा प्रस्तुत गरेका थिए । सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया चलचित्रका निर्माता हुन् । चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।