केही समय अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा नायक संजोग कोइराला र नायिका वर्षा राउत अनुबन्धित भएको खबर बाहिरिएको थियो ।लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी दुईले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रमा अर्की अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा प्रियंका फाइनल भएकी हुन् । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गर्दै छन् । चलचित्रमा प्रियंकाको साथमा कलाकार किरण केसी र अभिनेता दिलीप रायमाझी पनि फाइनल भएका छन् । चलचित्रमा कोरियोग्राफीको पाटो कविराज गहतराजले समाल्ने भएका छन् भने सङ्गीतमा वसन्त सापकोटा र अर्जुन पोखरेल तय भएका छन् । फागुनबाट छायाङ्कन सुरु हुने चलचित्र नारीप्रधानको साथै लभ स्टोरी रहने बताइएको छ ।