आउँदो शुक्रवार रिलिज हुन लागेको चलचित्र शेरबहादुर सेन्सरमा पास भएको छ । आइतबार चलचित्र शेरबहादुरलाई केन्द्रीय चलचित्र जाँच पास समितिले अभिभावकको साथमा बालबालिकाले हेर्न पाउने गरी पाजी प्रमाण पत्र दिएको हो । चलचित्रको कुनै पनि सिन नकाटिएको निर्माण पक्षले बताएको छ ।केही ठाउँमा रगतको सिन भएको कारण पाजी सर्टि्फिकेट दिएकोे निर्माता गौरी शङ्कर धुजुले बताए।
हलिउड चलचित्रबाट प्रभावित चलचित्र हलिउडको भन्दापनि राम्रो बनेको चलचित्रका एशोसियट निर्देशक प्रदिप भट्टराईले बताएका छन्। चलचित्र शेर बाहादुर अर्थात् सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ। उक्त पात्रमा अभिनेता सुनिल थापा मुख्य भूमिकामा देखिएका छन् । बिशेषत शेरबहादुर एक अवकाश प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो ।यो चलचित्रमा सुनिल थापाको अलावा कर्म , मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् ।