चलचित्र ‘हैरान’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘हैरान’को रिलिज डेट फाइनल गरिएको हो । अब चलचित्र जेष्ठ ४ गते बाट अल नेपाल रिलिज हुने भएको छ । चलचित्रको काठमाडौँ भित्र माधव वाग्लेको पपकर्न पिक्चर्सले वितरण गर्ने छन् भने उपत्यका बाहिर मनोज राठीले वितरण गर्ने सम्झौता गरिएको कार्यकारी निर्माता सम्झना पोख्रेलले बताइन ।कमेडी जनरामा निर्माण गरिएको चलचित्र गजित विष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा लगानी रहेको छ भने सम्झना पोखरेल चलचित्रकी कार्यकारी निर्मात्री हुन । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाङ्कन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।