पछिल्लो समय नेपाली चलचित्रले बलिउड सिनेमाहरूलाई बिस्तापति गर्नेक्रम बढ्दो छ । तर अझै पनि केही निर्माताहरू बलिउड चलचित्रसँग अफ्नो चलचित्र जुधाउन चाहदैन्न् । प्राय हरेक नयाँ वर्षमा नेपाली चलचित्रहरू धेरै नै प्रदर्शनमा आइरहेको हुन्छ । २०७४ को नयाँ वर्षमा एकसाथ तीन चलचित्र रिलिज भएका थिए । तर यो नयाँ वर्षमा बलिउडको प्रतिक्षित चलचित्र ‘२.०’ आउने भएसँगै नेपाली चलचित्रको रिलिज डेट पछि सारिएको थियो । यति बेला ‘२.०’ को रिलिज मिति पोस्टपोन्ड भएसँगै चलचित्र ‘लिलीबिली’ लाई फाइदा पुगेका छ । नायक प्रदीप खड्काको मुख्य भूमिकामा रहेको चलचित्र लिलीबिली सुरुमा चैत्र ३० मा आउने भनिएको थियो । तर, बलिउडको चलचित्र सोही मितिमा आउने भएसँगै यो चलचित्र वैशाख १४मा पुगेको थियो । अब ‘लिलीबिली’  चैत ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । सोमबार एक विशेष कार्यक्रममा निर्माता गोविन्द शाहीले चलचित्र चैत्र ३० मा नै रिलिज हुने बताएका हुन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यसअघि मिलन निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ माघ १६ मा रिलिज हुने भनिएको थियो । तर बलिउड चलचित्र ‘पध्मावत’ रिलिज हुने भनिएसँगै यो चलचित्रले आफ्नो प्रदर्शन पछि सारेको हो । लिलीबिली चैत्र ३० मा आउने भए पनि ह्याप्पी डेजको प्रदर्शन मिति निर्माण पक्षले अझै टुङगो लगाउन सकेको छैन ।