जिएस् मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरूप चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै वैदेशिक रोजगारको कथालाई पनि चलचित्रले समेटेको निर्माता सुनार बताउँछन् । 
दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री , पूजा पराजुली , रमेश आब्जु , सुरेन्द्र बराल , रश्मि भट्ट , गिरी प्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 
चलचित्रलाई भिमसेन श्रेष्ठ , गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । विभिन्न स्थानमा च्यारीटी सोको तयारी गरिरहेको यो फिल्मको रिलिज मिति भने तय गरिएको छैन ।