नेपाली कथानाक चलचित्र ‘फल्ट’ बन्ने भएको छ ।  ईन्जोय मुभिज प्रा.लिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रको मङ्गलवार औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई सुवास जिसिले निर्देशन गर्ने भएका छन् । फागुन ५ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रबाट शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेलले डेव्यु गर्दै छन् । चलचित्रमा कथा सन्तोष काफ्लेको रहने छ भने पटकथा र संवाद निर्देशक जिसीको रहने छ। वसन्त सापकोटाको सङ्गीत रहेने चलचित्रको छायाङ्कन पाटो वासु बरालले समाल्ने भएका छन् । ६० लाखको बजेट छुट्टाइएको चलचित्र २०७५ वैशाखको अन्तिम साता रिलिज हुने बताइएको छ । 
 

नव–कलाकारलाई लिएर बन्ने भयो ‘फल्ट’