सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो । यी दुईले एकसाथ काम गरेको चलचित्र ‘फुलैफुलको मौसम तिमीलाई’ फ्लप भएसँगै प्रेमसम्बन्धमा पनि पुर्नबिराम लागेको थियो । ब्रेकअप पछि दुवै यति बेला चलचित्रमा व्यस्त छन् । मङ्गलवार आयोजना भएको कामना अवार्डमा यी दुईको जम्का भेट भएको थियो । सुरुमा दुवैले मिडियामा आउन आनाकानी गरेता पनि केही समय पश्चात् खुलेरनै मिडियालाई आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा गरेका थिए । एकअर्काको प्रशंसा गर्न भ्याएका आमेश र निताले अझै पनि एकअर्कालाई माया गर्ने बताए । सम्बन्ध फेरी जोडिने सम्भावना कति छ ? भनेर सोधिएको प्रश्नमा दुवैले अब साथी भन्दा माथि जान नसकिने बताएका थिए ।