फागुन ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कान्छी’मा समावेश भएको ‘चरी चट्ट परी’ गीत करोड क्लबमा प्रवेश गरेको छ । तीन महिना अघि युट्युबमा अपलोड गरिएको यो गीत चलचित्र रिलिज अगावै एक करोड बढी दर्शकले हेरेका छन् । गीतमा राजनराज सिवाकोटीको स्वर, शब्द तथा सङ्गीत रहेको छ । सिवाकोटीलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् । वसन्त श्रेष्ठको कोरियोग्राफी भिडियोमा ‘कान्छी’ अर्थात् नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फिचरिंग छन् ।

‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । याम थापाको लेखन रहेको चिलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, हिमाल केसीको द्धन्द्ध निर्देशन, सङ्गीतकार सिवाकोटी र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
श्ेता खड्का र शैलेश खड्काको संयुक्त लगानी छ रहेको चलचित्रमा दया र श्वेतासँगै कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।