चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी–ओे–डब्लु काउ’ पुन एकपल्ट नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा आएको छ । राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतमा राजनराजको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माको साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् । सार्वजनिक भएको गीतलाई हाल सम्म युट्युबमा १४ लाख भन्दा बढीले हेरेका छन् । यस अघि ट्रेन्डिङ नम्बर एकमा आएको यो गीत केही समय तल झरेर पुन एकमा आएको हो ।

केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र वैशाख १४ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।