यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ले बुधवार राजधानीमा प्रिमियर सो सम्पन्न गरेको छ । काठमाडौँमा कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा दर्जन बढी कलाकार, मिडियाकर्मीको उपस्थिति रहेको थियो । चलचित्र हेर्ने ‘शेरबहादुर’को  टिमसँगै वरिष्ठ कलाकारद्धय हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अभिनेत्री करिष्मा मानन्धर, कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, सत्य–स्वरुपराज आचार्य, पल शाह, आँचल शर्मा, टिका पहारी लगायतका थुप्रै चर्चित अनुहारको उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् कलाकारको अभिनय र निर्देशकिय पाटोले प्रशंसा पाएको थियो । अभिनेता सुनिल थापाको कामले वाहवाही पाएको थियो भने कलाकार मेनुका प्रधान, रविन्द्र झा र कर्मको अभिनयलाई चलचित्र हेरेपश्चात् प्रायले खुलेर नै तारिफ गरेका छन् । 
हेर्नुस् चलचित्र हेरिसके पश्चात् कसले के भने ः–

आर राजवंशीको निर्देशनमा तयार भएको चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, कर्म शाक्य, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘शेरबहादुर’ २०१५ मा रिलिज भएको हलिउड चलचित्र ‘डन्ट ब्रिद’को रिमेक हो । 
.