पछिल्लो समय नेपाली चलचित्र प्रति युवापुस्ताले हेर्ने दृष्टिकोण बद्लिदाे छ । बलिउड चलचित्रले बक्स अफिस ओगटि रहेको समयमा पछिल्ला केही यस्ता चलचित्रहरू बने जसले नेपाली चलचित्र हेर्ने दर्शकहरू हल सम्म तानिए । यति बेला नयाँ नायक–नायिकाहरूको आगमन बढ्दो छ । यसै बिच चलचित्र ‘एश्वर्य’बाट नायिका दीपिका प्रसाईले सिने नगरीमा डेव्यु गरिन् । चलचित्र रिलिज अगावै यी सुन्दर नायिकाको निकै चर्चा भयो । सम्भावना बोकेको नायिकाको रूपमा हेरिएको दीपिका रिलिज पछि भने गुमनाम जस्तै भएकी छिन् । चलचित्रले अपेक्षित व्यापार गर्न नसके पनि ‘ऐश्वर्य’बाट दीपिकाले सम्भावना देखाएकी थिइन् । चलचित्रमा उनको बोल्डनेसले निकै तारिफ पाएको थियो । तर ‘ऐश्वर्य’ रिलिज पछि दीपिका नयाँ चलचित्रमा अनुबन्धित भएको कुनै खबर बाहिरिएको छैन । बरु यति बेला सिने नगरीमा उनको प्रेमसम्बन्धको चर्चा सुरु हुन थालेको छ । उनी ‘एश्वर्य’ निर्देशक दिवाकर भट्टराईको प्रेममा रहेको स्रोत बताउँछ ।