सिनेपाटी। आज शुक्रवार सिनेमाघरमा दुई नेपाली चलचित्र र एक हलिउड चलचित्र रिलिज भएका छन् । जसमा ‘शेरबहादुर’,‘पटुकी’ र हलिउड चलचित्र 'मेज रनर: द डेथ क्योर' रिलिज भएको छ ।
शेरबहादुरलाई आर राजवंशीले निर्देशन गरेका हुन् । गौरी शङ्कर धुजु र धिरज राजवंशीको निर्माण रहेको फिल्म शेरबहादुरमा अवकाश प्राप्त एक सैनिकको कथालाई उठाइएको छ । सेस्पेन्स थ्रिलर यो चलचित्रमा अभिनेता सुनिल थापा, कर्म, मेनुका प्रधान र रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले बुधवार काठमाडौँमा प्रिमियर सो आयोजना गरेको थियो । प्रिमियर सोमा सकारात्मक प्रतिक्रिया पाएको शेरबहादुर देशभरका ६ दर्जन बढी हलमा प्रदर्शन भएको छ ।
त्यस्तै अर्को नेपाली चलचित्र ‘पटुकी’ आजबाट प्रदर्शनमा आएको छ । म्याक्टेन कालुको निर्माण रहेको चलचित्र पटुकीमा नयाँ कलाकारसँगै नायिका रजनी केसीको मुख्य भूमिका रहेको छ ।
बलिउडतर्फ यो साता कुनै चलचित्र रिलिजमा आएन । गतसाता ‘पद्मावत’ प्रदर्शन आएको थियो । नेपालको साथै भारतमा ‘पद्मावत’लाई हेर्ने दर्शकको चाप उत्साहजनक रहेको छ।
हलिउडमा भने यो साताबाट ’मोज रनरस् द डेथ क्यार’ रिलिज भएकोे। अमेरिकन साइन्स फिक्सनलाई बेस बलले निर्देशन गरेका हुन्। जेम्स ड्यासनरको किताब द डेथ क्योरमा आधारित चलचित्रमा डाइलन ओब्रेन, काया स्कोडेलारियो, थोमस बोर्डी, आइडन गिलेन, वाल्टन गोगिस लगायतको अभिनय रहेको छ।