सिनेपाटी– चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा मजदुरको जीवन कथालाई प्रस्तुत गरिएको छ । ‘गरौँ सत्कर्म बगाऊ पसिना’ भन्न नारा बोकेको चलचित्र ‘पसिना’ले सार्वजनिक गरेको ट्रेलरसँगै आफ्नो प्रचारप्रसार सुरु गरेका हो ।
आर.बि.खत्री ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र मजदुर दिवसको दिन वैशाख १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी, धुर्व कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी, शिव शङ्कर रिजाल, सुरज के.सी, शारदा गिरी लगायत कलाकारको अभिनय रहेको छ ।