चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रवार काठमाडौँमा आयोजित एककार्यक्रम बिच सार्वजनिक गरिएको हो । प्राय फरक भूमिकामा प्रस्तुत हुने विपिनलाई ‘नाका’को ट्रेलरमा फरक अवतारमा देखाइएको छ । ट्रेलरमा विपिनलाई नाका यानिकि सिमानाको गुन्डाको पात्रमा देख्न सकिन्छ । 
 

नाकामा हुने विभिन्न अवैध धन्दा र गुण्डागर्दीको विषयलाई चलचित्रको ट्रेलर देखाइएको छ । चलचित्रमा बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिव मुखिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रलाई प्रविन थर्की कार्कीले  निर्माण गरेका हुन् । नाका फागुन १८ गतेबाट प्रदर्शन हुने भएकाे छ ।