गत वर्षको सुपरहिट चलचित्र 'जात्रा'लाई शुक्रवारबाट युट्युबमा सार्वजनिक भएको छ । शुक्रवार राती युट्युबमा अपलोड गरिएको यो चलचित्रलाई छोटो समयमा करिब ७ लाख बढीले हेरिसकेका छन् । 'जात्रा' नेपालको युट्युब ट्रेडिङ नम्बर १ मा छ भने कतारको ट्रेडिङ २, दुबईको ट्रेडिङ ४, अस्ट्रेलियाको ट्रेडिङ २० मा रहेको छ । प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रले गत वर्ष ५१ औँ दिन मनाउन सफल भएको थियो । संगे लामा र यादव पौडेलले निर्माण गरेको चलचित्रमा रविन्द्र सिंह बानिया कार्यकारी निर्माताको रूपमा रहेका छन्। 

चलचित्रले पाएको सकारात्मक प्रतिक्रियासँगै यति बेला निर्माण पक्षले जात्रा २ निर्माण गरिने घोषणा गरेको छ । जात्रामा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको अभिनय रहेको छ भने 'जात्रा -२' मा पनि सबै कलाकार रहने निर्माण पक्षले जनाएको  छ । चलचित्रको चाडै नै औपचारिक घोषणा गरिने बताइएको छ । चलचित्रको कथा 'जात्रा'को अन्त्यबाट नै उठाइएता पनि 'जात्रा-२' मा नयाँ कथा रहने निर्माण पक्षले जानकारी दिए ।