यही शुक्रवार माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’काृ हालै नयाँ गीत छायाङ्कन सकिएको छ । गत शुक्रवार रोमान्टिक गीत छायाङ्कनको लागी निर्माण युनिट स्कटल्याण्ड पुगेको थियो ।
कृ युनिट नेपाल फर्किसकेको छ भने छायाङ्कनको क्रममा खिचिएको केही तस्बिरहरू अहिले मिडियामा बाहिरिएको छ । ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डमा ३ दिन लगाएर खिचिएको छ।गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ भने गीतमा रोदित र विशेष पाण्डेको सङ्गीत रहेको छ।
चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचर रहेका छन्।विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका छन्।
सुवास इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् रहेको छ। सुवास गिरि र भुवन केसीको लगानी रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।