चलचित्र ‘सुश्री सम्पत्ति’को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रको यही फागुन १५ गतेबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा श्रीपालिको मुख्य भूमिका रहने छ । चलचित्रलाई रमेश त्वायनाले निर्माण गर्न लागेका हुन् । विज्ञान राई, नुनमा सुब्बा र रम्न शिकाकार चलचित्रका निर्माता हुन् । चलचित्रमा कथा निर्देशक आचार्यको नै रहने छ भने पटकथा अभिमन्यु निरबीको रहने छ । यो चलचित्रमा सलोन र साराको साथमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी केसी, रञ्जित कोइराला, विनोद पौडेल र सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहने निर्देशक आचार्यले जानकारी दिए । चलचित्रको अधिकांश छायाङ्कन पोखरामा हुने र केही भत्तपुरमा हुने निर्माण पक्षले बताएको छ । सुरेश अधिकारीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्र अर्जुन तिवारी एण्ड टिमले खिच्नेछ ।