हरेक वर्ष आयोजना हुने पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको २०१८को संस्करण हुने भएको छ । फागुन ७ गतेबाट पहिलो चरणको छनोट सुरु हुँदै पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको हो । प्रतियोगितालाई एड होम एडभरटाइजिङले आयोजना गर्ने भएको हो । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को औपचारिक घोषणा गरिएको हो । कोरियोग्राफर साजिद आलमको अनुसार पुर्वाञ्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट बिराटनगरमा फागुन ७ गतेबाट सुरु हुने छ ।

फागुन ७ बाट पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स सुरु 

त्यस पश्चात् इटहरी, धरान र दमकमा अडिसन गरिने आलमले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको लागी २० जना युवा र २० जना युवती छनोट गरिने र २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, इन डोर फोटो सुट, क्याटवाक जस्ता तालिमहरू प्रदान गरिने बताए । पुर्वाअञ्चल कलेज प्रिन्सेस र प्रिन्सको पहिलो विजेताले नगद २१ हजार सहित सानिमा इन्सुरेन्सको तर्फबाट ५ लाखको जीवन बिमा प्राप्त गर्नेछन् ।