चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजना भएको एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा २०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण गरिएको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा निर्देशन शिवम अधिकारीको रहेको छ ।
‘पञ्चायत’ मा अभिनेता सरोज खनाल, नायिका निता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरू गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । सुशान्त कुमार श्रेष्ठ र शङ्कर प्रसाद सुवेदी चलचित्रका निर्माता हुन् । चलचित्रमा टंक बुढाथोकीको सङ्गीत रहेको छ भने रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । अन्तर्राष्ट्रिय चलचित्र मोहत्सबमा विभिन्न पुरस्कार जितेको यो चलचित्र चैत २ गतेबाट प्रदर्शनमा आउन भएको छ ।