पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केही तस्बिर भाइरल भइरहेको छ । उनले संवेदनशील अङ्गमा ट्याटु खोपेको उक्त तस्बिरले गर्दा साम्राज्ञी ट्रोलको सिकार भइरहेकी छिन् ।
चलचित्र ‘कायरा’को लागी फिलिपिन्समा रहेकी शाहले केही दिन अघि ट्याटु खोपेकी थिइन् । मिडिया लगायत सामाजिक सञ्जालमा उक्त तस्बिरलाई लिएर चर्को आलोचना भएपछि साम्राज्ञीले एक मिडियासँग आफूले तस्बिर नराखेको बताएकी छिन् ।
उनको अनुसार बिना स्विकृतिनै उक्त तस्बिर अपलोड गरिएको हो । यति बेला साम्राज्ञीको तस्बिर अपलोड गर्ने ट्याटु आर्टिसले माफी मागेका छन् । उनले इन्टाग्राममा फोटो सेयर गर्दै साम्राज्ञी र उनका फ्यानहरुसँग माफी मागेका हुन् ।