यस वर्षको हिट चलचित्र ‘२ रुपैयाँ’को टिमले नयाँ चलचित्र निर्माण गर्ने भएको छ । ‘अनटाइटल’ रहेको चलचित्रमा निर्देशक तथा नायकद्धय निश्चल बस्नेत र आफिस शाहको मुख्य भूमिकामा रहने छ । पछिल्लो केही दिन यता ‘२ रुपैयाँ’को सिक्वेल बन्ने समाचार बाहिरिएको थियो । २ रुपैयाँका निर्देशक असीम शाह भन्छन् ‘अहिले २ रुपैयाँको सिक्वेल बन्दैन । हामी पुरानो टिम मिलेर नै नयाँ चलचित्र निर्माण गर्न लागेका हौँ तर सिक्वेल होइन ।’ निर्देशकिय हिसाबमा असीमको यो दोस्रो चलचित्र रहनेछ । उनी भन्छन् ‘अहिले हामी स्किृप्टमा बसिरहेका छौ । तर तेस्रो चलचित्रको रूपमा २ रुपैयाँको सिक्वेल निर्देशन गर्ने छु । त्यसको लागी अझ केही समय लाग्ने छ ।’ चलचित्रको नाम केही समय पछि सार्वजनिक गरिने उनले बताए । नयाँ चलचित्रको लागी नायिका स्वस्तिमा खड्का रहने सिन नगरीमा चर्चा छ । सिनेपाटीसँग कुरा गर्दै असीम भन्छन् ‘नायिकाको खोजीमा छौ । कथा मेरो हातमा छ, बजारमा हल्ला जति चलेता पनि नायिकाको तय भइसकेको छैन । ’ अनटाइटल चलचित्र भने असाेज ५ गते रिलिज हुने उनले जानकारी दिए ।