माघमा रिलिज हुन लागेको चलचित्र ‘सुपर गोर्खे’को रिलिज मिति सरेको छ । यो चलचित्र अब आउँदो वर्षको वैशाख ७ गतेबाट प्रदर्शनमा आउने भएको हो । यो वर्ष प्रदर्शन गरिने भनिएता पनि प्राविधिक कारणले गर्दा २०७५ को वैशाख ७ मा सारिएको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले जानकारी दिइन् । 
 

नेपालसँगै अस्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् । त्यहाँ रहेका नेपाली माझ अप्रिल ८ तारिखमा चलचित्रलाई देखाइने ऋचाको भनाई छ । अबिर हाउस प्रोडक्सन प्रा.लिको प्रस्तुति रहेको सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायत कलाकारहरूको अभिनय रहेको छ । 
किरण माइकलको लेखन, राज थापाको कथा रहेको सुपर गोर्खे लाई सौरभ लामाले खिचेका हुन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र शालिक दुलालको सङ्गीत छ ।