अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’को पहिलो लुक्स सार्वजनिक भएको छ । लामिछाने फिचिर भएका दुई पोस्टर सोमबार सार्वजनिक गरिएको हो । पोस्टरमा उनी जुझारु स्वभावका क्रान्तिकारी हुन सक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय चलचित्र हो भने यसअघि नोभेम्बर रेन, क्यासिक, डायरी जस्ता चलचित्रमा स्क्रिप्ट लेखिसकेका छन् ।

चलचित्रमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई विनोद गुरुङ र सुमी श्रेष्ठले संयुक्त लगानीमा निर्माण गरेका हुन् । प्रदर्शन मिति तय नगरिएको चलचित्रलाई हरि हँमागाईले खिचेको हुन् भने कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ । यो चलचत्रमा खगेन्द्र स्वयंमको कथा रहेको छ।