यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । सोमाबार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘मैले जानी नजानी’ बोलको उक्त गीतमा रोदित भण्डारीको शब्द,स्वर रहेको छ भने सङ्गीत रोदित र विशेष पाण्डेको रहेको छ । स्कटल्याण्डमा छायाङ्कन गरिएको गीतमा अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् ।
भिडियालाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफ गरेका हुन् । सोमबार दिउसो नै युट्युबमा अपलोड गरिएको गीतले युट्युबमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । अपलोड गरिएको एक २४ घण्टा नबित्तदै झन्डै ५ लाख भ्युज पाएको यो गीतलाई १८ हजार बढीले लाइक गरेका छन् भने २ हजार डिसलाइक रहेको छ । त्यस्तै करिब ३ हजार कमेन्ट युट्युबमा आइसकेको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भुवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्र माघ २६बाट अल नेपाल रिलिज हुँदै छ ।