बेनिशा हमाल र अर्पण थापा स्टारर चलचित्र 'ब्लाइन्ड रक्स'को ट्रेलर सार्वजनिक गरिएको छ । 'चाम्स इन्टरटेनमेन्ट'को प्रस्तुति रहेको चलचित्रको ट्रेलर मंगलबार एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा बनेको उक्त चलचित्रमा नायिका बेनिशा हमालले मुख्य भूमिका अर्थात् सृष्टि केसीको चरित्र निर्वाह गरेकी छिन् ।

blind rocks cinepati

सार्वजनिक ट्रेलरमा सृष्टिको सफलताको कथा साथसाथै जीवनका अनेक उतारचडाबलाई देखाउन खोजिएको छ । फागुन १८ गते प्रदर्शनमा आउने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । निकेश लिम्बुको निर्माणमा बनेको चलचित्रमा अर्पण र बेनिशाको साथमा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, वसन्त भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा यम थापाको कथा र सुमन उप्रेतीको संवाद रहेको छ l