कलाकार राजेन्द्र खड्गी मानव तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । उनले कलाकारको नाममा दक्षिण कोरिया लगेर मान्छे छाडेको आरोपमा पक्राउ गरिएको हो । नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोप खड्गीमाथी छ । खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीले पक्राउ गरेका हो । बुझिए अनुसार उनले एक जनाबाट १० देखी १५ लाख रुपैयाँसम्म लिएको खुलेको छ।