चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यस अघि यो चलचित्रको दुई वटा गीतहरू बाहिरिसकेका छन् । छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माणमा तयार भएको चलचित्रको ट्रेलरमा रोदन, रोमान्ससँगै पारिवारिक कथालाई प्रस्तुत गरिएको छ ।

त्रिकोणत्मक प्रेम कथामा बनेको चलचित्र मंगलममा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाई, निर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। नायिका शिल्पा पोखरेलको प्रस्तुति रहेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, स दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेको चलचित्रमा छविराज ओझा कार्यकारी निर्माताको रूपमा रहेका छन्।