चलचित्र ‘जय भोले’ बन्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम बिच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।फागुन एक गतेबाट छायाङ्कन सुरु हुने चलचित्रलाई अशोक शर्माले निर्देशन गर्दै छन् । एए ग्रुप अफ कम्पनीज र फिल्म वर्ल्ड प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताको रूपमा रहेका छन्।
चलचित्रमा खगेन्द्र लामिछानेको कथा, पटकथा तथा संवाद रहेको छ. पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा राजु ढुंगानाको सम्पादन रहनेछ।चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, वसुन्धरा भुषाल, शारदा गिरि, सुरेन्द्र केसी, किशोर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। कमेडी, सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्र आउँदो फुलपातिमा रिलिज हुनेछ।