लामो समयसम्म विवादको कारण प्रदर्शनमा आउन नसकेको चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २५ गते रिलिज मिति तय गरिएको चलचित्रलाई गणेश देव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा विष्टको लगानी रहेको छ ।
निख एण्ड जेटाको सङ्गीत रहेको चलचित्रमा याकोपो रास्लिकाको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ। चलचित्र डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।
चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा शिवाकोटी, रविन थापा लगायतका कलाकारको अभिनय रहेको छ