चलचित्र ‘शत्रु गते’को टिजर हलमा रिलिज गरिएको छ । गीत र स्टारकास्टको कारण चर्चामा रहेको ‘शत्रु गते’ले टिजर हलमा मात्र रिलिज गरेको हो । प्रदर्शनरत चलचित्र ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् । यो चलचित्रको ‘रूपै मोहनी’ र ‘पिरतीको बर्को’  गीत चर्चा रहेको छ । पिरतीको बर्को यति बेला नेपालको युट्युबको ट्रेडिण्ङमा रहेको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश राजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । मह सञ्चारको ब्यानरमा निर्माण गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।

चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । 
दीर्घ गुरुङको छायाङ्कन चलचित्रको म्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।