नेपाल चलचत्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड’को दोस्रो संकरण हुने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘फान अवार्ड’को दोस्रो संकरण चैत्र १६ गते हुने बताइएको छ । ‘कि एडभरटाइजिङ एजेन्सी’सँगको सहकार्यका काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा यो अवार्ड आयोजना हुन लागेको हो ।यो बर्ष २४ विधामा अवार्ड प्रदान गरिनेछ । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले अवार्ड आयोजना भव्य र सव्य रुपमा हुने बताएका छन् ।यो बर्ष कलाकार संघले उत्कृष्ट नायक, नायिका, चलचित्र, निर्देशक, कथा, पटकथा, संवाद, नृत्य निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, नव(नायक, नव(नायिका, छायांकार, नव(निर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, हाँस्य कलाकार, सह(अभिनेता, सह(अभिनेत्री लगायतका विधामा अवार्ड प्रदान गर्दैछ ।