गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ’हल्ला हल्लामै माया’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । प्रणय दिवसलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ। भिडियोमा आँचलको पछि पल लागेको देख्न सकिन्छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । ’शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष् अविरलको सङ्गीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायाङ्कन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।