चलचित्र ‘लिलीबिली’को दोस्रो गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा चलचित्रको दोस्रो गीत ‘घुम्न जाऊ इन्जिन गाडी’मा बोलको गीत सार्वजनिक भएको हो । गीतमा एस डी योगीको स्वर र सङ्गीत रहेको छ भने शब्द एकतारेमा रहेको छ । कविराज गहतराजको कोरियोग्राफि रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । सुदिप बरालको छायाङ्कन रहेको भिडियो स्कटल्याण्डमा खिचिएको हो ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’ यही चैत्र ३० गतेबाट रिलिज हुदैँछ । चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप र जसिता अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारको अभिनय रहेको छ । गीत रिलिज सँगै निर्माण टिमले कभर भिडियो कम्पिटिसनको घोषणा समेत गरेको छ । चलचित्रको शीर्ष गीतमा कभर भिडियो बनाएर आफ्नै र जुनसुकै युट्युब च्यानलमा अपलोड गरिसके पछि ‘लिलीबिली’को अफिसियल पेजमा पठाउनु पर्नेछ । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई विजेता घोषणा गरिने छ भने पुरस्कार स्वरूप १ लाख दिइने छ ।