सदाबहार हाँसेझैँ लाग्ने, आफूलाई साहस र अटलताक प्रतीक जस्तो बनाएर गजक्क परेर बसेका जस्ता देखिने हिमाल साँच्चै नै साहस र खुसीका प्रतिबिम्ब होलान् त ?
नभोगिन्जेल, अनुभव नगरुन्जेल टाढाबाट जे देखिन्छ त्यही नै यथार्थ जस्तो लाग्छ तर हिमालको जीवन, त्यहाँको भोगाइ सेता हिउँभित्र लुकेका आजङका काला पत्थर जस्तै लाग्छन् ।
हिमालको जीवन, भोगाइ,अनि संस्कृतिलाई नजिकबाट नियाल्ने जामर्कोका साथ बनेको नाटक 'कालापत्थर 'यति बेला मन्डला थिएटरमा मन्चन भइरहेको छ । प्रदिप कुमार चौधरीको लेखन र निर्देशनमा बनेको नाटकले यात्रामा होमिएको एउटा यात्रीसँगै कति जनाको आशा र विश्वासले यात्रा गरिरहेको हुन्छ भनेर देखाउन खाेजिएको छ ।
फागुन २० सम्म मन्चन हुने नाटकमा सन्तोष तामाङ ,निशा पाख्रीन , प्राश्ना डङ्गोल,पत्रिका घिमिरे लगायत कलाकारको अभिनय रहेको छ ।