भोलि शुक्रवारबाट अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनमा आउँदै छ । मङ्गलवार मोफसलमा चलचित्रको प्रोमोसन सकाएर कान्छी युनिट काठमाडौँको फर्किसकेको छ ।
आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र कान्छीको ट्रेलर र गीतहरूलाई दर्शकले निकै रुचाएका छन् । साथै पहिलो पटक एकसाथ देखिएका दया र स्वेताको जोडी दर्शकको लागी विशेष बनेको छ ।
यो चलचित्रलाई अभिनेत्री खड्काले निर्माण गरेकी हुन् । रिलिज पूर्व नै कान्छीले आफ्नो लगानी भने सुरक्षित गरिसकेको छ । निर्माण पक्षको अनुसार चलचित्रको कुल लगानी २ करोड हो । श्वेताले ब्रान्ड पार्टनर्सबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख प्राप्त गरिसकेकी छिन् । यसरी हेर्ने हो भने नेपालमा जति कमाई गर्छ त्यो नाफामा जाने छ ।
चलचित्रमा दया र श्वेतासँगै निर शाह, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, आशान्त शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ ।